राजपाको महाधिवेशन दोस्रो पटक स्थगित

राजपाको महाधिवेशन दोस्रो पटक स्थगित


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन दोस्रो पटक स्थगित भएको छ। २०७४ वैशाख ७ मा स्थापना भएको राजपाले एक वर्षभित्र महाधिवशेन गर्ने तय गरेको थियो। तर, निर्वाचनका कारण महाधिवेशन स्थगित भएको थियो। त्यसपछि २०७६ वैशाख ७, ८ र ९ गतेका लागि तय भएको महाधिवेशन पुनः स्थगित भएको हो ।

राजपाको अध्यक्ष मण्डलको बैठकले स्थान तय नगरेपछि बीरगंजमै महाधिवेशन गर्ने तयारी गरेको थियो। तर, महाधिवेशन नजिकिएपछि पछिल्लो समय राजपा अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएको थियो।

अध्यक्ष मण्डल चक्रीय प्रणालीमा गएपछि राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच विवाद जारी रह्यो। जसकारण पार्टीको एकता महाधिवेशनमा ढिलाई भएको हो।

महाधिवेशनको अर्को मिति तय गर्न सोमबार एक बजे अध्यक्ष मण्डलको बैठक बोलाइएको छ । राजपाका पदाधिकारी समितिको बैठक पनि बोलाउने तयारी भएको छ। अध्यक्ष मण्डलको बैठकलगतै पदाधिकारी समितिको बैठक बोलाएर महाधिवेशनको निर्णय हुने राजपाले जनाएको छ ।

Logo