आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिनुपर्छ- देउवा (भिडियोसहित)

आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिनुपर्छ- देउवा (भिडियोसहित)


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आवश्यकता अनुसार विश्वविद्यालय खोल्न दिईनुपर्ने बताएको छ ।

सरकारले नया विश्वविद्यालय संचालनका लागि अनुमति दिन रोक लगाईरहेका बेला कांग्रेसले मुलुकमा जतिसक्दो धेरै विश्वविद्यालय खोलिनुपर्ने धारणा अघि सारेको हो । विकास र सम्मृद्धिका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको भन्दै कांग्रेसले विकास र सम्मृद्धिको नारा लगाएको सरकारले नया विश्वविद्यालय संञ्चालनका लागि रोक लगाउन नमिल्ने तर्क गरेको छ ।

शंकरदेव क्याम्पस नेविसंघ इकाईले शनिबार राजधानीमा गरेको संघियतामा शिक्षा विषयक अन्तरक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले धेरै विश्वविद्यालयहरु खोल्न दिइनुपर्ने धारणा राखेका हुन् । सभापति देउवाले धेरै विश्वविद्यालय संञ्चालनमा ल्याउनका लागि उपयुक्त र प्रभावकारी व्यवस्थापनको आवश्कता औल्याएका छन्  ।

 

Logo