एक महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा, ४ अर्बमा एउटा यस्तो घटना

एक महिलाले ९ मिनेटमा जन्माइन् ६ ओटा बच्चा, ४ अर्बमा एउटा यस्तो घटना


एजेन्सी । अमेरिकामा एक महिलाले ९ मिनेटमा ६ ओटा बच्चालाई जन्म दिएकी छन् । थेल्मा चिएका नाम गरेकी एक महिलाले ९ मिनेटमा ६ ओटा बच्चालाई जन्म दिएकी हुन् । उनले शुक्रबार विहान ४ः ५० मिनेटमा पहिलो बच्चालाई जन्म दिएकी थिईन् । भने ४ः ५९ मिनेटमा छैठौँ बच्चालाई जन्म दिइन् ।

६ वटा बच्चा मध्ये ४ छोरा छन् भने २ छोरी छन् ।बच्चाहरुको तौज ५०० देखि ९०० ग्राम सम्मका रहेका छन् । बच्चाहरुको अवस्था स्थीर छ भने एनआईसीयूमा राखेर बच्चाहरुको उपचार भइरहेको छ । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

धेरै बच्चाहरु समय भन्दा अघि जन्मिन्छन् र उनीहरुको तौल कम हुन्छ । ४.७ अर्ब मानिसमा १ भन्दा बढी बच्चा जन्मन्छन् । यो पनि त्यही केश भएको अस्पालले जनाएको छ ।

Logo