राँगोको आक्रमणबाट घाइतेको निधन

राँगोको आक्रमणबाट घाइतेको निधन


काठमाडौँ

राँगोको आक्रमणबाट घाइते भएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ ।

फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते भएका चन्द्रागिरि नगरपालिकामा कार्यरत नायब सुब्बा श्रेष्ठको उपचारका क्रममा मंगलबार त्रिपुरेश्परस्थित ब्ल्यू क्रस अस्पतालमा निधन भएको हो ।

नायव सुब्बा श्रेष्ठ चन्द्रागिरि–५ महादेवस्थान बस्दै आएका थिए । राँगोको आक्रमणबाट निधन भएका श्रेष्ठको हिजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यस्तै फागुन ११ गते नै सोही राँगोको आक्रमणबाट मच्छेगाउँका स्थानीय ७० वर्षीय मानवीर महर्जनको समेत मृत्यु भएको थियो भने चन्द्रागिरि बस्ने देवी राना र मानकाजी महर्जन घाइते भएका थिए ।

राँगोको आक्रमणबाट प्रहरीसमेत घाइते भएका थिए । मानिसलाई समेत आक्रमण गरेर ठूलो जनधनको क्षति गरेपछि राँगोलाई प्रहरीले लखेटेर दहचोक पु¥याएर गोली हानी मारेका थिए ।
रासस

Logo