अब पाकिस्तानले पनि भारतमाथि ‘सरप्राईज’ हमला गर्ने

अब पाकिस्तानले पनि भारतमाथि ‘सरप्राईज’ हमला गर्ने


एजेन्सी । भारतमाथि पनि सरप्राईज हमला गर्ने पाकिस्तानले चेतावनी दिएको छ । भारतीय वायु सेनाले पाकिस्तानी आतंकावादी रहेको क्षेत्रमा मंगलबार विहान १ हजार किलोको बम प्रहार गरेको थियो ।

उक्त हमलापछि ३ सय भन्दा बढी आतंकवादी मारिएको भारतले दवी गरेको थियो । पाकिस्तानी सेनाका प्रवक्ता मेजर आसिफ गफुरले भारतमाथि पनि सरप्राईज हमला गर्ने चेतावनी दिए । भारतलाई ‘बेवकुफ मित्रभन्दा बौद्धिक दुश्मन असल हुन्छ’ भन्दै अब पाकिस्तानले कडा प्रतिकार गर्ने चेतावनी दिए ।

उनले भारतलाई दुश्मनीमा बेवकुफी र झुटको सहारा लिने गरेको आरोप लगाए । आसिफले भारतीय मिडियाले दावी गरे झैँ भारतीय विमान पाकिस्तानमा छिरेको झुट रहेको बताए ।

भारतीय वायुसेनाका विमान पाकिस्तानको सीमामा आए पनि केही बेरमै फिर्ता भएको उनको दाबी छ । भारतका तीन क्षेत्रमा जवाफी हमला गरेको बताएका थिए । ‘हामीले तीन क्षेत्रमा उनीहरुको विमानको जवाफ दियौँ । यतिसम्म कि, चार मिनेटमै उनीहरु फिर्ता हुनुपर्यो ।’ उनले भने ।

सैनिक प्रवक्ता गफुरका अनुसार भारतीय विमान फिर्ता हुनुपर्दा उनीहरुले पेलोड खसालेका थिए । जसमा चार बम खसेका थिए । तर मानवीय क्षति नभएको उनको भनाई छ ।

गफुरले भारतले पाकिस्तानलाई हराउन नसक्ने भन्दै आफूहरु यसको जवाफ दिने बताए । फरक तरिकाले उसलाई ‘सरप्राइज’ दिने उनको भनाइ छ ।

Logo