#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31678780972783743626323269734
नेपाल666324291814248061

कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइ आज

काठमाडौं

प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ आज हुँदैछ । समितिको गत सोमबार बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीको सुनुवाइको मिति तय गरेको थियो ।

प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध पाँच वटा उजुरी संघीय संसदमा दर्ता भएको समिति सदस्य योगेश भट्टराईले जानकारी दिए । उनले भने– ‘प्रस्तावित प्रधानन्यायाधीश जोशीले भोली शुक्रबार समितिमा प्राप्त उजुरीको जबाफ दिनेछन् । त्यस पश्चात प्रक्रिया अघि बढ्नेछ ।’ संसदीय सुनुवाइ समितिले अनुमोदन गरे पश्चात राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ ।

नाम अनुमोदन भए २०११ असोज २४ गते जन्मिएका जोशी ०७६ असोज २३ सम्म प्रधानन्यायाधीश हुनेछन् ।

सम्बन्धित समाचारहरु