#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30893554959326743579422498434
नेपाल627974011712945267

नैतिकताको आधारमा राजीनामा गर्नेहरु (भिडियो रिपोर्ट)

काठमाडौं । बंगलादेशमा एबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे गलत अभिव्यक्ति दिँदा कानूनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिनु परेको छ । मन्त्रीको उक्त अभिव्यक्तिपछि चर्को आलोचना भएपछि उनले नैतिकताको आधारमा भन्दै राजीनामा दिएका हुन् । पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको खडेरी परिरहेका बेला मन्त्री तामाङले भने छाती फराकिलो वनाएको नेकपामा आबद्ध कार्यकर्ताहरुको दावी छ । तर, कानुनमन्त्री तामाङले प्रधानमन्त्री र उनको सत्तारुढ दल नेकपाले राजीनामा दिन दबाब दिएपछि पद छोड्न बाध्य भएको अर्कोथरीको बुझाइ रहेको छ । दवाव थेग्न नसकेर उनले नैतिकता देखाउनु गरेको चाहिं सत्य हो ।

आफ्नो बोलीबाट चिप्लिदाँ तामाङको मन्त्री पद नै खोसियो । उनी आफ्नो बोलीका कारण मन्त्री बनेको ४ महिनामै सरकारबाट बाहिरिएका हुन् । यस प्रकारले राजीनामा दिने मन्त्री तामाङ भने पहिलो व्यक्ति होईनन् । यसअघि पनि बेला बेला नैतिकताको आधारमा राजीनामा दिएका उदाहरण छन् ।

२०३० सालमा सिंहदरबारमा आगलागी हुँदा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टले पदबाट राजीनामा दिएका थिए । आगलागी हुँदा घरमा सुतिरहेका प्रधानमन्त्री विष्टले नैतिकताको आधारमा नै राजीनामा दिएका थिए । राजाले तिमीले गर्दा भएको होइन भन्दा पनि उनले राजीनामा फिर्ता लिएनन् । विष्ट उनै व्यक्ति हुन जसले चुनावमा भाग लिदाँ आफ्नो पदबाट राजीनामा दिने चलनको शुरुवात गरेका थिए । (हेर्नुहोस् भिडियोमा)

 

सम्बन्धित समाचारहरु