प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागी हुने ? (प्रक्रिया सहित)

प्रधानमन्त्री रोजगार कार्यक्रममा कसरी सहभागी हुने ? (प्रक्रिया सहित)


सरकारले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। आज एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ प्रधानमन्त्री रोजगार कार्यक्रम’ को घोषणा गरेका हुन्  ।

सरकारले देश भित्रै विभिन्न अवसरको सिर्जना गर्ने उद्देश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको  हो । पाँच वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउन लागेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि हरेक स्थानीय तहमा रहने रोजगार सेवा केन्द्रका लागि रोजगार संयोजकको भर्ना प्रक्रिया चलिरहेको छ । फागुन २० गतेसम्ममा रोजगार संयोजक नियुक्त गरिने भएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि ऐन नियमहरु तयार भइसकेका छन् ।सरकारको उद्देश्य बेरोजगार भत्ता दिनु नभएर रोजगारी दिनु भएकाले सकेसम्म सबैलाई रोजगारी दिने गरी अगाडि बढ्ने जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले काम खोज्ने र कामदार खोज्नलाई सूचिकृत गराउने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रहने सबै सूचना केन्द्रमा त्यस स्थानीय तहमा रहेका रोजगारदातालाई कस्ता कामदार आवश्यक छ भन्ने तथ्यांक हुन्छ । त्यही कस्तो कस्तो सिप भएका कामदार छन् भन्ने तथ्यांक पनि रहन्छ । रोजगारदाताले मागे अनुसारका कामदार खटाउने छ ।

यस्तो छ प्रक्रिया 

यो कार्यक्रममा सहभागी हुन् सर्वप्रथम वडा कार्यलयमा निबेदन दर्ता गर्नुपर्छ । बेरोजगार व्यक्तिले व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ। यसरी दर्ता भएका निवेदनहरु रोजगार सेवा केन्द्रले संकलन गर्नेछन।  सरकारले नियुक्त गरेका रोजगार संयोजकहरुले यी आवेदनहरु संकलन गर्नेछन।

त्यसपछि केन्द्रले बेरोजगारको सूची तर्जुमा गर्नेछ । रोजगार सेवा केन्द्रमा प्राप्त फारमहरूको आधारमा बेरोजगार व्यक्तिहरूको सूची गाउँ वा नगर कार्यपालीकामा निर्णयका लागि पेस गरिन्छ । यसरे पेश भएका सूचीबाट स्थानीय तहले बेरोजगारहरूको सूची अनुमोदन गर्नेछ ।

बेरोजगार व्यक्तिको विवरण रोजगार व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट गर्नुपर्नेछ। रोजगार आयोजनाहरूले आवश्‍यक श्रमिक रोजगार सेवाकेन्द्रमा माग गरी पठाउने छ ।लाभग्राही निवेदकलाई परिचयपत्र वितरण गरिन्छ । रोजगार सेवा केन्द्रमा माग भएबोमोजिमका श्रमिकलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाइन्छ।

श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको क्षेत्रमा गएर काम गर्नुपर्ने हुन्छ । यसरी काम गरे बापतको पारिश्रमिक भुक्तानी बैंक खातामा हुनेछ  । सम्बन्धित आयोजनाले काम गरेको दिनको भुक्तानी श्रमिकको बैंक खातामा डिपोजिट गर्नुपर्नेछ ।

Logo