नेविसंघ अध्यक्ष महरले किन दिए पदबाट राजीनामा दिए ? (भिडियोमा)

नेविसंघ अध्यक्ष महरले किन दिए पदबाट राजीनामा दिए ? (भिडियोमा)


काठमाडौं । विभिन्न आरोप लगाउँदैं नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

आफ्नो कार्यकालको थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन ।

नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको अध्यक्ष महरले जानकारी दिए । सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उनले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पारे ।

Logo