भद्र सहमति तोड्दै सनराइज र एनसीसी बैंकले उठाए २ अर्ब निक्षेप

भद्र सहमति तोड्दै सनराइज र एनसीसी बैंकले उठाए २ अर्ब निक्षेप


सनराइज बैंक र नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले भद्र सहमति तोडेका छन् ।

केन्द्रीय बैंकको दवाबमा नेपाल बैंकर्स संघले केही समयअघि ब्याजदरको भद्र सहमति कायम गरेको थियो । सो सहमति अनुसार संस्थागत मुद्धती निक्षेपमा ९ प्रतिशत ब्याज तोकेको थियो । यसमा  ०.५० प्रतिशत थप्न पाइने भएकोले बैंकहरुले बढीमा ९.५० प्रतिशत ब्याजमा मात्रै मुद्धती निक्षेप उठाउन पाउँछन् ।

तर, एनसीसी बैंक र सनराइज बैंकले भद्र सहमति तोड्दै ९.६५ प्रतिशत ब्याजदर दिएर २ अर्ब बढी निक्षेप उठाएका छन् । नेपाल टेलिकमले विभिन्न बैंकमा राखेको २ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप बढी ब्याज दिएर यी दुई बैंकले उठाएका हुन् ।

Logo