कांग्रेसमा फेरि ब्युतियो छायाँ सरकारको मुद्दा, मन्त्रीको लागि नाम टिपाउँन आह्वान

कांग्रेसमा फेरि ब्युतियो छायाँ सरकारको मुद्दा, मन्त्रीको लागि नाम टिपाउँन आह्वान


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकारको मुद्दा फेरि ब्युताएको छ । केही समय अघि सभापति शेरबहादुर देउवाको नेतृत्वमा छयाँ सरकार गठन गर्ने निर्णय गरिएको थियो । तर अहिलेसम्म छायाँ सरकार गठन हुन सकेको छैन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा छायाँ सरकार गठन गर्ने निर्णय गरिएको छ । नेता गगन थापाका अनुसार छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रह गरिएको छ । एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सकिनेछ ।

अघिल्लो पटकको निर्णयपछि कांग्रेसले विभिन्न जिल्लाहरु छायाँ सरकार गठन गरेको छ । वर्तमान सरकारका कामकारवाही रेगदेख, अनुगमन तथा खबरदारी गर्न कांग्रेसले छायाँ सरकार गठन गर्न लागेको हो ।

छायाँ सरकारले प्रत्येक मन्त्रालयमा एक जना मन्त्री तोकिनेछ । ति मन्त्रीले मन्त्रालयमा हुने गरेका अपारदर्शीता, अनियमितता लगायतका कार्यहरुको प्रत्यक्ष निगरानी राख्नेछ । र सरकारलाई खबरदारी गर्नेछ ।

Logo