फ्राइडे रिलिजमा ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ को भिडन्त

फ्राइडे रिलिजमा ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ को भिडन्त


काठमाडौं । आज शुक्रबार पुष २० गते सिनेमा हलमा दुईवटा नेपाली चलचित्रहरु प्रदर्शनमा आएका छन् । ‘जय श्री दाम’ र ‘जे सुकै होस्’ गरि दुईवटा चलचित्रहरु प्रदर्शनमा आएका हुन् । प्रचारप्रसारको हिसाबले जय श्री दाम नै अघि छ अब कुन चलचित्रले बाजी मार्ने हो त्यो थाहा पाउन भने केहि समय कुर्नुपर्ने हुन्छ ।

जय श्री दाम
विप्लव उप्रेतीको निर्देशनमा बनेको फिल्ममा जेबिका कार्की, अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा लगायत मुख्य भूमिकामा छन् । चलचित्रमा नवराज उप्रेतीको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

आर्थिक स्थिति कमजोर भएका बेरोजगार दुई युवाले आफ्नो भाग्य चम्काउन प्रयोग गर्ने गलत बाटो र सो क्रममा एक ढोगी बाबासँगको भेटपछि उत्पन्न हुने परिस्थितीको वरीपरि फिल्म घुमेका बताइएको छ ।

जे सुकै होस्ः
नवराज जंग थापाले निर्माण गरेको चलचित्र जे सुकै होस् मा उमेश गुरुङ, चन्दा दाहाल, किश्मत तामाङ, रोशना श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, कृष्ण भट्टराई, राजु श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका छन् । उमेश गुरुङ निर्देशित चलचित्रलाई बनिश शाह र शालिक दुलालले सम्पादन गरेका हुन् ।

Logo