Cover Newsखेलकुदराष्ट्रिय/अन्तर्राष्ट्रिय

मेसी र रोनाल्डोलाई पछि पार्दै मोड्रिकले जिते बालोन डि’ओर

फुटबलका हस्ती मानिने क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीलाई पछि पार्दै  सन् २०१८ को ब्यालोन डी’ ओरको उपाधि क्रोएसियाका कप्तान तथा रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । पछिल्लो दश वर्ष रोनाल्डो र मेसीले यो उपाधि जित्दै आएका थिए।

पेरिसमा सोमबार साँझ भएको कार्यक्रममा मोड्रिचले पहिलोपटक यो उपाधि हात पारेका हुन्। विश्वकप विजेता फ्रान्सेली टोलीबाट युवा फरवार्ड किलियन एमबाप्पे, एन्टोइन ग्रिज्मन, राफेल भारानसँगै ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टेसहितलाई पन्छाउँदै मोड्रीचले उपाधिमाथि कब्जा जमाएका हुन्।

युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थान रहेका छन् भने एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा पुगे । यस्तै पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान हासिल गरे।

त्यस्तै बार्सिलोनाका कप्तान लिओनेल मेसी पाँचौ स्थानमा रहे भने मोहमद सलाहले छैठौं स्थानमा रहे । सातौंमा राफेल भाराने र आठौंमा इडेन हाजार्ड रहँदा केभिन डि ब्रुएन नवौं र ह्यारी केन दशौं स्थानमा रहेका थिए। नेइमार भने १२ औं स्थानमा पुगे ।

विश्वभरका १ सय ८० देशका पत्रकारहरुको मतदानका आधारमा मोड्रीचले फराकिलो अन्तरले उपाधि जितेका हुन् । फ्रान्स फुटबलले मतदान प्रक्रियामा हरेक देशको प्रतिनिधि पत्रकारबाट मनोनयनमा परेका ३० खेलाडीबाट शीर्ष ५ खेलाडीको नाम लिएको थियो। मतदानमा मोड्रीचले कुल ७ सय ५३ अंक हासिल गरेका थिए ।

यसैबीच रोनल्डो र अर्जेन्टिनी स्टार लियोनेल मेसी अवार्ड कार्यक्रममा गएनन् । अवार्ड आफुहरुले नजित्ने थाहा पाएपछि रोनाल्डो र मेसी अवार्ड विजेता घोषणा समारोहमा अनुपस्थित भएका हुन्।

Comment here

CLOSE THIS

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS