खेलकुदशिक्षासमाचार

सन्दीप लामिछाने कलेज भर्ना, जेभियरले निःशुल्क पढाउने

काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने कलेज भर्ना भएका छन् । उनी बौद्धस्थित जेभियर इन्टरनेसनल कलेज भर्ना भएका हुन् । मंगलबार बिहान आफैं कलेज पुगेर मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएका हुन् ।

उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले जानकारी दिए । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् ।

सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिदैं आएको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीको भनाइ छ ।

Comment here

SKIP THIS