देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

प्रधानमन्त्रीको निर्देशनदेखि कांग्रेसको प्रहारसम्म

प्रधानमन्त्रीको निर्देशनदेखि कांग्रेसको प्रहारसम्म


देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

मन्त्रीहरुलाई प्रधानमन्त्रीको कडा निर्देशन

मन्त्रालयहरुको कार्य प्रगति विवरणको समिक्षा गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि केही मन्त्रालयको कार्य प्रगतिको समिक्षा गरेका छन्। बिहिबार सिंहदरबारमा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, खानेपानी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण र वन तथा वातावरण मन्त्रालयको कार्य प्रगति विवरणको समिक्षा गरेका हुन्।

 

पत्रकार सम्मेलन गरेर कांग्रेसले सोध्यो- ‘नेपालमा सरकार छ ?’

 

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारको ९ महिने समिक्षा र महासमिति बैठकबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको ९ महिने अवधिको गम्भीर समीक्षा गर्दै ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । उनले नेपालमा सरकार नै नभएको आभास हुन् थालेको भन्दै भने, ‘९ महिना पुगेको यो घडीमा नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?’ प्रबक्ता शर्माले सरकारले ९ महिनामा ९ प्रश्न समेत सामना गर्न नसक्ने बताए । 

 

कार्यकर्तालाई देउवाको निर्देशन, ‘किन मेरो पछि लागिरहेको, सरकारको विरोध गर्नुस्’

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो भन्दा पनि सरकारको विरोध गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । सरकार गलत बाटोमा हिडिरहेको भन्दै त्यसको विरोधमा उत्रिन कांग्रेस नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो भन्दा पनि सरकारको विरोध गर्न भनेका हुन् । उनले नेता तथा कार्यकर्ताहरुलाई सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्न समेत गरेका छन् ।

 

गृहमन्त्रीको हातमा सावेल र झारु, यसरी उठाए फोहोर (फोटोफिचर)

 

आजदेखि भक्तपुरमा एकमहीने ‘सफा, स्वच्छ र सुरक्षित भक्तपुर अभियान’ शुरु भएको छ । भक्तपुरको लोकन्थली मनोहरा पुल बढारेर आज बिहान उक्त अभियान शुभारम्भ गर्दै गृहमन्त्री रामबहादुर थापाले अभियन्ताहरुलाई सफाइका सामग्री हस्तान्तरण गरे । पूर्वमन्त्री एवं सांसदद्वय महेश बस्नेत र सांसद प्रेम सुवाल, प्रदेश नं ३ का सांसद शशीजङ्ग थापा, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत जनप्रतिनिधि र सफाई अभियन्ताहरूलाई कुचो, डोको, साबेल, माक्स, पञ्जालगायत सामग्री प्रदान गरिएको थियो । 

 

दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा खारेज, ‘पेशाभन्दा बाँच्न पाउने अधिकार ठूलो’- अदालत

उच्च अदालत पाटनले दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने भन्दै दायर गरिएको रिट खारेज गरिदिएको छ । मान्छेको पेशाभन्दा मान्छेको बाँच्न पाउने अधिकार ठूलो भएको ठहर गर्दै न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाईमै रिट खारेज गरिदिएका हुन् । काठमाडौं उपत्यकामा निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट दायर गरेको थियो।

 

माथिल्लो तामाकोशीको आइपीओ एक साता भित्र बाड्ने, आज बैठक

गत कात्तिक १५ गतेदेखि खुलेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओ एक साताभित्र वितरण हुने भएको छ।  आइपीओ बितरण गर्न ढिलाई भएको गुनासो बढेपछि बिक्रि प्रबन्धक नागरिक लगानी कोषले एक साता भित्र वितरण गर्ने तयारी थालेको हो । बिक्रि प्रबन्धक नागरिक लगानी कोषका पुँजी बजार महाशाखा प्रमुख रोशन जंग कार्कीले दोहोरो आवेदन केलाउने कार्य सकिएको हुँदा अब चाडै नै नतिजा सार्वजनिक गरिने जानकारी दिए।  

श्रृखंला खतिवडा ईतिहास रच्ने दाउमा, मिस वर्ल्डको उपाधि नजिक

‘मिस नेपाल वल्र्ड–२०१८’ श्रृखंला खतिवडा अहिले नेपालको प्रतिनिधित्व गर्दै मिस वल्र्डको लागि तयारीमा छिन् । यतिबेला उनी भोटिङमा उत्कृष्ट ३२ मा प्रवेश गरेकी छन् । यसको फाईनल चीनको सान्यामा डिसेम्बर ८ मा हुनेछ । जसमा १ सय २१ देशका सुन्दरीहरु प्रतिस्पर्धा गर्दैछन् । श्रृखंलाले मल्टिमिडिया अवार्ड जित्ने सम्भावना बलियो छ । विश्वको ११८ जना सुन्दरीहरुलाई पछि पार्दै मल्टिमिडिया अवार्डको लागि भोटिङमा श्रृखंला अग्रपक्तिमा छिन् । उनलाई नेपालबाटमात्र नभएर अन्य देशहरुबाट पनि भोट आइरहेको छ ।

 

एएफसी कप २०१९ को ड्र सार्वजनिक, नेपाल समुह ‘इ’ मा

 

एएफसी कप २०१९ को ड्र सार्वजनिक भएको छ ।  एएफसीले बिहीवार मलेसियाको क्वालालम्पुरमा ड्र सार्वजनिक गरेको हो। यो प्रतियोगितालाई एएफसी च्याम्पियन लिगपछिको दोस्रो प्रतियोगिता मानिन्छ। प्रतियोगितामा एसियाका ३६ क्लबले प्रतिस्पर्धा गर्नेछन्।

 

यातायात कार्यालयमा छ हजार वटा ब्ल्यु बुक र मार्ग अनुमतिपत्र

 

चितवनको विकासमा मेरो चिन्ता र चासो- प्रचण्ड

 

बर्दियामा बस दुर्घटना हुँदा १ को मृत्यु, १५ घाइते

 

ज्योति मगरलाई होटलसम्म छोड्न आएका युवक फर्किन नमानेपछि…

 

अर्की महिलासँग विवाह गर्न खोज्दा प्रेमीको हत्या, मासु पकाएर खाईन्

 

अक्षय र रजनीकान्तको फिल्म ‘२.०’ को लागि १२० करोडको एडभान्स बुकिङ

 

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo