नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आईतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको हो । "/>

समुदाय प्रहरी साझेदारी कार्यक्रम राष्ट्रव्यापी बन्दै (भिडियोसहित)

समुदाय प्रहरी साझेदारी कार्यक्रम राष्ट्रव्यापी बन्दै (भिडियोसहित)


नेपाल प्रहरीले ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले आईतबारबाट राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम संचालन गरेको हो । गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा एक समारोहका बीच कार्यक्रमको शुभारम्भ गर्दै मुलुकलाई समृद्ध बनाउन यसले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

उनले दिगो शान्ति कायम गरी मुलुकलाई समृद्ध बनाउने सरकारको लक्ष्य हाँसिल गर्न नेपाल प्रहरीले सो कार्यक्रम संचालन गरेर ऐतिहासिक योगदान दिने पहलकदमी गरेको पनि स्पष्ट पारे । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सो कार्यक्रम ऐतिहासिक हुने गृहमन्त्री थापाको भनाई छ ।

Logo