काठमाडौँ

काठमाडौं उपत्यकामा डेंगुका बिरामी भेटिएका छन् । उच्च ज्वरो आएर उपत्यकाका विभिन्न अस्पताल पुगेका सात जनामा डेंगुको जीवाणु भेटिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । "/>

काठमाडौंमै भेटिए डेंगुका संक्रमित

काठमाडौंमै भेटिए डेंगुका संक्रमित


काठमाडौँ

काठमाडौं उपत्यकामा डेंगुका बिरामी भेटिएका छन् । उच्च ज्वरो आएर उपत्यकाका विभिन्न अस्पताल पुगेका सात जनामा डेंगुको जीवाणु भेटिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार काठमाडौंको बालाजु र वनस्थली ढुंगेधारा क्षेत्रका सातजना बिरामीमा डेंगु संक्रमण पुष्टि भएको हो । ‘डेंगु संक्रमण भएका मध्ये अधिकांश स्थानीय हुन्,’ उनले भने, ‘एक–दुईजना चाहिँ काठमाडौं बाहिर पनि गएको बताएका छन् ।’ डेंगु संक्रमित सबै नै उपचारपछि घर फर्किसकेको उनले जानकारी दिए । काठमाडौंकै स्थानीयमा डेंगु देखिएपछि सर्तकता अपनाइएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार डेंगु संक्रमण गराउने लामखुट्टे पहिले देखि नै काठमाडौंमा छ । डेंगु एइडिस–एजिप्टी र एइडिस–एलबोपिक्टस लामखुट्टेले सार्ने गर्छ । सो लामखुट्टेले चिकनगुनियाँ पनि सार्ने गर्छ । सो लामखुट्टे सफा पानीमा बस्ने र दिउँसै टोक्ने चिकित्सकले बताएका छन् । डेंगु भएको बिरामीलाई उक्त लामखुट्टेले टोकेर अन्य स्वस्थ मानिसलाई टोकेमा डेंगु सर्छ । काठमाडौंमा पानी अभावका कारण धेरै दिन सम्म पानी संकलन गरेर राख्ने, पानी ट्यांकी नछोपी राख्ने चलनले गर्दा डेंगुको महामारी फैलने खतरा रहेको निर्देशक लालले बताए ।
नयाँ पत्रिकाबाट

 

Logo