काठमाडौं


राजधानीको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेजले शुक्रबार विजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेशन ल्याब तथा फाइनान्स ल्याब सहित ३ वटा ल्यावको एकैसाथ शुरुवात गरेको छ । "/>

युनिग्लोव कलेजद्वारा ३ वटा ल्यावको एकैपटक शुरुवात

युनिग्लोव कलेजद्वारा ३ वटा ल्यावको एकैपटक शुरुवात


काठमाडौं

राजधानीको नयाँ बानेश्वरमा रहेको युनिग्लोव कलेजले शुक्रबार विजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेशन ल्याब तथा फाइनान्स ल्याब सहित ३ वटा ल्यावको एकैसाथ शुरुवात गरेको छ । सो ल्याबको पूर्वस्वास्थ्य मन्त्री एवं नेपाली काँग्रेसका सांसद गगन थापाले उद्घाटन गरेका थिए ।

युुवा विद्यार्थीहरुका सपना मर्न नदिन उनीहरुको व्यावसायिक विचारलाई छनौट गरी उचित परामर्श सहित व्यापार व्यवसाय र उद्योगधन्दा स्थापना गर्न प्रत्यक्ष रुपमा यस इन्क्युुवेशन सेन्टरले सहयोग गर्ने कलेजका प्रबन्ध निर्देशक डा नरबहादुर बिष्टले बताए ।

कार्यक्रमका सभापति डा . खगेन्द्र ओझाले विद्यार्थी केन्द्रित शिक्षा र बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न युनिग्लोव अहोरात्र लागी परेको बताए । कलेजबाट अध्ययन सकेर शैक्षिक प्रमाणपत्रका साथै इच्छाएको कम्पनी सहित विद्यार्थीहरु दिक्षित हुने पनि कार्यक्रममा जनाइएको छ ।

विद्यार्थीहरुको बोल्ने कला, लेख्ने कला एवं व्यावहारिक जीवनमा आवश्यक व्यक्तित्व निमार्ण गर्ने कलालाई सशक्त बनाउन कम्युनिकेशन ल्यावको स्थापना गरिएको जनाइएको छ। कार्यक्रममा पूर्वगभर्नर डा.तिलक रावल, बृहद ग्रुपका अध्यक्ष ओम राजभण्डारी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष भाष्करराज कणिर्कार, पुर्वमिस नेपाल माल्भिका सुव्वा, निरज खनाल लगायत उपस्थित रहेका थिए ।

Logo