नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दिप लामिछानेले चौथौ विदेशी लिग खेल्ने भएका छन् । उनी सोमबार अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० मा आवद्द भएका हुन् । "/>

सन्दिपको छलाङ्: एकै सिजनमा चौथो विदेशी लिग, तीन गुणा बढी मूल्य

सन्दिपको छलाङ्: एकै सिजनमा चौथो विदेशी लिग, तीन गुणा बढी मूल्य


नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दिप लामिछानेले चौथौ विदेशी लिग खेल्ने भएका छन् । उनी सोमबार अफगानिस्तान प्रिमियर लिग (एपिएल) टी–२० मा आवद्द भएका हुन् । केहि समय अघि मात्र क्यारेबियन प्रिमियर लिग खेलेर फर्केका सन्दिपलाई नंगरहार टिमले १५ हजार डलरमा आफ्नो टिममा भित्र्याएका हुन् । यो सन्दिपको लागि क्यारेबियन प्रिमियर लिगको सेन्ट किट्स एण्ड नोभासले दिएको भन्दा ३ गुणा बढी रकम हो । सन्दिपलाई सेन्ट किट्सले ५ हजार डलरमा खरिद गरेको थियो ।

आईपीएलमा भने सन्दिप २० लाख भारुमा अनुबन्धित भएका थिए । सन्दिपको टोली एन्ड्रयु अर्सेल, मुसिब उर रहमान, तामिम इकवाल लगायत खेलाडी रहेका छन् ।
नेपालका कप्तान पारस खड्का र फास्ट बलर सोमपाल कामी पनि ड्राफ्टमा रहेपनि छनौट हुन् सकेनन । प्रतियोगिता अक्टोबर ५ देखि २१ तारिखसम्म युएईको सारजाह क्रिकेट मैदानमा हुनेछ।

यसअघि सन्दीपले भारतको आइपिएल, क्यानडाको ग्लोबल टी-२० र वेस्ट इन्डिजको सिपिएल खेलेका थिए।

Logo