काठमाडौँ

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाट सम्म विद्युत किन्ने प्रस्ताव गरेको छ । "/>

चीनद्वारा नेपालको १ हजार मेगावाट विद्युत किन्ने प्रस्ताव

चीनद्वारा नेपालको १ हजार मेगावाट विद्युत किन्ने प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाट सम्म विद्युत किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।

टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल आत्रेयका अनुसार तिब्बतले हाल सिचुवान र कन्काइबाट विद्युत ल्याईरहेकोमा तिब्बतका लागि एक हजार मेगावाटसम्म विद्युत नेपालबाट निर्यात गर्न सक्ने प्रस्ताव गरेका छन् ।

बैठकमा चिनियाँ पक्षले नेपालको विद्युत उत्पादनको प्रक्षेपण, माग तथा आपूर्तिका साथै आदानप्रदान हुन सक्ने अवस्थाबारे योजना ल्याउन प्रस्ताव गर्दै सोही आधारमा अघि बढ्ने बताएको थियो । नेपालले चीनतर्फको प्रसारण लाइनको निर्माण अनुदानमा बनाउनका लागि प्रस्ताव गरेपनि दुवै देशले विद्युत आदानप्रदान गर्ने भएकोले दुवै देशको लगानी हुनेगरी वित्तीय व्यवस्थापनको प्रारूप तयार गरेर अघि बढाउने प्रस्ताव गरेपनि यसको टुंगो भने लागिसकेको छैन ।

“नेपालको विद्युतको भविष्यको प्रक्षेपणसहित तथ्यांक विश्लेषणको आधारमा वित्तिय व्यवस्थापन लगायत अन्य प्रारूपहरू तयार गरेर अघि बढ्ने कुरा भयो,” आयोजना प्रमुख आत्रेयले भने, “बैठकमा धेरै सकारात्मक कुरा भएका छन्, एक महिनाभित्र फेरि बैठक बस्ने कुरा भएको छ, कतिपय मुद्दा त्यो बैठकमा छलफल हुने छन् ।”
कारोबारबाट

Logo