काठमाडौं

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा चिप्लिएर दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज अझै हटाउन सकिएको छैन । "/>

शनिबार बेलुका देखि बन्द विमानस्थल अझै खुल्न सकेन

शनिबार बेलुका देखि बन्द विमानस्थल अझै खुल्न सकेन


काठमाडौं

त्रिभुवन विमानस्थलको घाँसे मैदानमा चिप्लिएर दुर्घटनामा परेको यति एयरलाइन्सको जहाज अझै हटाउन सकिएको छैन । शनिबार राति अवतरणका क्रममा जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो ।

जहाज निकाल्ने प्रयास जारी रहेको र केहीबेरमा निस्कन सक्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यति एयरलाइन्सले जानकारी दिएको छ ।

जहाज दुर्घटना भएपछि हिजो बेलुकी देखि विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवं एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको जनाइएको छ ।

कोटेश्वरतर्फबाट अवतरणका क्रममा चिप्लिएको जहाजको अगाडिको ल्यान्डिङ गियर (पाङ्ग्रो) भाँच्चिएर दुर्घटना भएको थियो । विमानस्थल हिजो बेलुकी साँढे ८ बजे देखि बन्द छ । स्रोतका अनुसार अहिले ८ बजे देखि सुचारु हुने बताइएको छ । विमानका सबै २१ जना यात्रु सकुशल रहेका छन् ।

Logo