काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस पुगेको छ । "/>

शुक्रबार काठमाडौँमा यसवर्षकै उच्च तापक्रम : ३३.३ डिग्री मापन

शुक्रबार काठमाडौँमा यसवर्षकै उच्च तापक्रम : ३३.३ डिग्री मापन


काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएसँगै गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार काठमाडौँको अधिकतम तापक्रम ३३.३ र न्यूनतम २१.५ डिग्री सेल्सियस पुगेको छ । जुन यस वर्षकै बढी तापक्रम हो । यस अघि जेठ दोस्रो साता यहाँ यस वर्षकै सबैभन्दा बढी ३१.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । साउन १ र २ गते यहाँको अधिकतम तापक्रम ३१.६ डिग्री पुगेको थियो । गत असार २३ गते काठमाडौँको अधिकतम तापक्रम ३१.५ डिग्री पुगेको थियो ।

निरन्तरको वर्षा तथा बदलीले अधिकतम तापक्रम घटेर यही असार १८ गते काठमाडौँको अधिकतम तापक्रम २४ डिग्रीमा झरेको थियो भने न्यूनतम तापक्रम २० डिग्री पुगेको थियो । काठमाडौँ उपत्यकामा केही दिन यता निरन्तर घाम लागेका कारण तापक्रममा वृद्धि आएको महाशाखाको भनार्इ छ । शनिबार देखि मनसुनी गतिविधि सक्रिय हुने र देशका मध्य तथा पूर्वी भेगका धेरै स्थानमा वर्षा हुने मौसमविद मीनकुमार अर्यालले बताए ।

महाशाखाको विवरण अनुसार शुक्रबार सबैभन्दा बढी काठमाडौँमा २० मिलिमिटर वर्षा भएको छ । जिरीमा १८, वीरेन्द्रनगरमा ११ र ताप्लेजुङमा ६ मिलिमिटर वर्षा भएको छ । अबको दुई दिन सम्म देशका अधिकांश भेगमा बदली रही हल्का देखि मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले विज्ञप्ति मार्फत जनाएको छ ।
रासस

Logo