काठमाडौं

विश्वकपको रौनक अब विस्तारै अन्त्य तर्फ उन्मुख भएको छ । विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरू अघि नै दर्शकले धेरै अनपेक्षित नतिजा महसुस गरेका छन् । "/>

विश्वकप विशेष : यस्ता छन् जारी विश्वकपका केहि दुर्लभ रेकर्डहरु

विश्वकप विशेष : यस्ता छन् जारी विश्वकपका केहि दुर्लभ रेकर्डहरु


काठमाडौं

विश्वकपको रौनक अब विस्तारै अन्त्य तर्फ उन्मुख भएको छ । विश्वकप फुटबलको क्वाटरफाइनलका खेलहरू अघि नै दर्शकले धेरै अनपेक्षित नतिजा महसुस गरेका छन् । धेरै कुरा अनुमान बाहिरका भए । आयोजक रसिया विश्वकप फुटबलमा पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गर्दा आफैंमा ठुलो उपलब्धी हासिल गर्न सफल भयो । समग्रमा यो विश्वकप अघिल्ला २० संस्करण भन्दा फरक देखिएको छ । यो विश्वकप अघिल्ला संस्करण भन्दा कसरी फरक बन्यो, अंकमा हाइलाइट्स  जारी विश्वकपः

२८, जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा हुँदा सम्म २८ पेनाल्टी प्रहार भएका छन् । २०१४ मा यो नम्बर जम्मा १३ मात्र थियो । यसअघि सर्वाधिक पेनाल्टी प्रहार भएको विश्वकपका रूपमा २००२ थियो । जहाँ १८ पेनाल्टी प्रहार भएका थिए । २३, यो अतिरिक्त समयमा भएको गोलको संख्या हो । यसअघि १९९८ मा अतिरिक्त समयमा सर्वाधिक १० गोल भएको थियो ।

११, यो संख्या आत्मघाती गोलको हो । यसअघि सर्वाधिक आत्मघाती गोल १९९८ मा भएको थियो, जहाँ ६ गोल आत्मघाती भएका थिए । ७ , जारी विश्वकपमा समग्रमा औसत ७ मिनेटको इन्जुरी समय रहेको छ । यसअघिका खेलमा समग्रमा ९० सेकेन्डको इन्जुरी समय रहने गरेको थियो ।

३ , जारी विश्वकप फुटबलमा प्रि–क्वार्टरफाइनलमा ३ खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको छ । २०१४ मा २ वटा खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । ९९, इंग्ल्यान्ड विरुद्ध कोलम्बियाका यरी मिनाले हेडमार्फत गोल गरे । विश्वकपमा इन्जुरी समयमा मिनाको गोल ९९ औँ गोल हो ।

१९६६, नकआउट चरणमा २ गोलले पछि परेको बेल्जियमले ३–२ ले खेल जित्यो, जुन १९६६ मा उत्तर कोरियासँग ३–० ले पछि परेर पोर्चुगलले खेल ५–३ ले जितेपछिको पहिलो हो । ५ , विश्वकपमा आयोजक राष्ट्रले पेनाल्टी सुटआउटमा जित निकाल्न सफल भएको यो पाँचौँ मौका हो । यसअघि फ्रान्सले १९९८, दक्षिण कोरियाले २००२, जर्मनीले २००६, ब्राजिलले २०१४ मा यो सफलता हात पारेका थिए ।
नयाँ पत्रिकाबाट

Logo