मुस्ताङ । मुस्ताङमा मजदुर चढेको टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो  । "/>

मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १५ मजदुरको मृत्यु (हृदयविदारक तस्बिरसहित)

मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १५ मजदुरको मृत्यु (हृदयविदारक तस्बिरसहित)


मुस्ताङ । मुस्ताङमा मजदुर चढेको टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको टिप्पर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको हो  ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको टिप्पर सडकबाट करिब ५० मिटर तल खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) महेन्द्र खड्काले जानकारी दिए ।

दिउँसो खाना खाएर काममा फर्कन लागेका मजदुर बोकेको टिप्पर सडकबाट दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने अरुको अवस्था गम्भीर छ ।

घाइते मध्ये ५ जनालाई उपचारको लागी जीप मार्फत जोमसोम अस्पताल लगिएको छ भने बाकी १२ जनालाई हेलिकोप्टर मार्फत अन्यत्र लगिएको छ । मृत्यु र घाइतेहरु हुनेमा रोल्पा, सिन्धुली, कैलाली र कपिलवस्तुका रहेका छन् । शवको भने सनाखत हुन बाँकी रहेको छ । 

Logo