काठमाडौं
विश्वकप फुटबल अन्र्तगत तेस्रो दिनको खेल आज हुँदैछ । समुह चरणमा आज ४ खेल हुनेछ । साँझ ५ः४५ मा फ्रान्स र अस्ट्रेलिया वीच खेल हुँदैछ भने ६ः४५ मा अर्जेन्टिना र आइसल्याण्ड वीच खेल हुनेछ । "/>

विश्वकप विशेष : आजको खेल अर्जेन्टिना र आइसल्याण्ड वीच (आजको तालिका सहित )

विश्वकप विशेष : आजको खेल अर्जेन्टिना र आइसल्याण्ड वीच (आजको तालिका सहित )


काठमाडौं
विश्वकप फुटबल अन्र्तगत तेस्रो दिनको खेल आज हुँदैछ । समुह चरणमा आज ४ खेल हुनेछ । साँझ ५ः४५ मा फ्रान्स र अस्ट्रेलिया वीच खेल हुँदैछ भने ६ः४५ मा अर्जेन्टिना र आइसल्याण्ड वीच खेल हुनेछ । त्यसै गरि ९ः४५ मा पेरु र डेनमार्क र १२ः४५ मा क्रोएसिया र नाइजेरिया वीच भिडन्त हुनेछ ।

विश्वकप विजेताको दाबेदार मानिएको अर्जेन्टिना आजको खेलमा पहिलो पटक विश्वकप सहभागी टीम आइसल्याण्डसँग प्रतिश्पर्धा गर्दैछ । आइसल्याण्ड नयाँ टीम भएकाले अनुभवी अर्जेन्टिनालाई जितका लागि सहज जस्तो देखिन्छ तर खेलको प्रतिश्पर्धामा के हुन्छ सहजै अनुमान गर्न भने गाह्रै छ । यस्तै फ्रान्स र अस्ट्रेलिया वीचको खेल पनि रोचक हुने अनुमान लगाउन सकिन्छ ।

हिजो भएको खेलमा इरान र उरुग्वे विजयी भएका थिए भने स्पेन र पोर्चुगल वीचको खेल समान ३/३ गोलमा बराबरी भएको थियो ।

आजको तालिका:
२ असार
साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

Logo