काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न काभ्रेमा प्रस्तावित विमानस्थल बन्न कम्तीमा ५ वर्ष लाग्ने देखिएको छ । "/>

काभ्रेमा विमानस्थल बन्न ५ वर्ष लाग्ने

काभ्रेमा विमानस्थल बन्न ५ वर्ष लाग्ने


काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न काभ्रेमा प्रस्तावित विमानस्थल बन्न कम्तीमा ५ वर्ष लाग्ने देखिएको छ । काभ्रेका सम्भावित स्थानको स्थलगत अध्ययनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्राविधिक टोलीले पर्यटनमन्त्री रवीन्द्र अधिकारी समक्ष प्रतिवेदन बुझाएको छ । टोलीको उक्त प्रतिवेदन अनुसार काभ्रेको नागिडाँडामा विमानस्थल बनाउन उपयुक्त देखिन्छ  ।

प्रतिवेदन अनुसार सो विमानस्थल बनेपछि काठमाडौंको ३१ प्रतिशत एयर ट्राफिक चाप काभ्रेमा प्रतिस्थापन गर्न सकिनेछ । नागिडाँडामा अधिकतम १२ सय मिटर लम्बाइको धावनमार्ग बन्न सक्ने सम्भावना देखिएको छ ।

यस धावनमार्गबाट सानो क्षमताका जहाजको उडान–अवतरण सम्भव हुनेछ । काठमाडौंबाट लुक्ला, तुम्लिङटार, भोजपुर, लामिडाँडा, मेघौली, दाङ, भरतपुर, जोमसोम जस्ता विमानस्थल सम्म हुने उडान–अवतरण यहाँ सार्न सकिने सम्भावना देखाइएको छ । काठमाडौं विमानस्थलबाट भइरहेको हेलिकोप्टर सेवालाई पनि प्रतिस्थापन गर्दा कन्ट्रोल टावरमा पर्ने कम्युनिकेसन जामको प्रभाव कम हुने प्रतिवेदनले औँल्याएको छ ।
नयाँ पत्रिकाबाट

Logo