काठमाडौं

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको बिहीबार (आज) २५ वर्ष पुगेको छ । "/>

मदन-आश्रितको २५ औँ स्मृति दिवस आज : हत्या कि दुर्घटना अझै रहस्यमय !

मदन-आश्रितको २५ औँ स्मृति दिवस आज : हत्या कि दुर्घटना अझै रहस्यमय !


काठमाडौं

नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको बिहीबार (आज) २५ वर्ष पुगेको छ ।

एमाले र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मदन आश्रित स्मृति दिवस मनाउँदैछन् । २०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप दुर्घटनामा मदन आश्रितको निधन भएको थियो ।

रहस्यमय मानिने दुर्घटनाबारे अहिले सम्म भएका छानबिनले कुनै तथ्य निकाल्न सकेका छैनन् । दुर्घटनाका साक्षी एवं जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना अझै रहस्यमय बन्न पुगेको छ । कम्युनिष्टहरु नागरिकबाट चुनिएर सत्तामा पुग्नुपर्छ भन्ने मान्यताका पक्षपाती भण्डारीले जनताको बहुदलीय जनवादको विकास गरेका थिए ।
नेपाल समाचारपत्रबाट

Logo