धनगढी
प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि छलफल गर्दै सांसदहरुले जनतालाई तत्काल महसुस हुने काम सुरु गर्नु पर्नेमा जोड दिएका छन् । "/>

प्रदेश नं. ७ः जनतालाई तत्काल महसुस हुने कार्यक्रम लागू गर्न जोड

प्रदेश नं. ७ः जनतालाई तत्काल महसुस हुने कार्यक्रम लागू गर्न जोड

केन्द्रबिन्दु
0
Shares

धनगढी
प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि छलफल गर्दै सांसदहरुले जनतालाई तत्काल महसुस हुने काम सुरु गर्नु पर्नेमा जोड दिएका छन् । नीति तथा कार्यक्रममा धेरै कुरा समेटिए पनि प्रदेश सरकार भएको महसुस हुने र देखिने गरी ३ महिना भित्रै हुने काम गरिनु पर्ने सुझाव सांसदहरुले दिएका हुन् । बिहीबार बसेको प्रदेशसभा बैठकमा २२ जना सांसदले धारणा राखेका थिए ।

‘नीति तथा कार्यक्रममा जनतालाई तत्काल प्रदेश सरकारको अनुभूति गराउने काम भएन’, प्रदेशसभा सदस्य अमर साउँदले भने । चामल लगायत कृषिजन्य पदार्थको भारतबाट आयात हटाउने केही कार्यक्रम ल्याइनु पर्ने उनको भनार्इ छ । जनतालाई सर्वसुलभ स्वास्थ्य उपचार गराउन स्वास्थ्य चौकी नभएका ठाउँमा स्वास्थ्य चौकी र चिकित्सकको दरबन्दीको व्यवस्था गरिनु पर्ने उनको भनार्इ छ ।

नेपाली कांग्रेसकी उमा बादीले बादी समुदायलाई अहिले सम्म पनि बसोबासको व्यवस्था नभएको भन्दै बसोबासको व्यवस्था गर्न माग गरिन् । ‘बाघभालुको बसोबासका लागि जंगल संरक्षण गरिन्छ । माछा, कछुवा लगायतका बसोबासका लागि नदी संरक्षण गरिन्छ, मानव भएर पनि बादी समुदायको बसोबासको व्यवस्था गरिएको छैन’, उनले भनिन् । बादी समुदायका छोराछोरी शिक्षाबाट वञ्चित भएर कुलतमा फसिरहेको उल्लख गर्दै शिक्षाको व्यवस्था गरिनु पर्नेमा उनले जोड दिइन् ।

कांग्रेसका कर्णबहादुर मल्लले यस भूगोलबाट मुक्ति र स्वतन्त्रताका लागि ज्यान आहूति गरेका सहिद दशरथ चन्द र किसान नेता भीमदत्त पन्तका नामबाट जनतालाई महसुस हुने कार्यक्रम ल्याउन प्रदेश सरकार चुकेको आरोप लगाए । दशरथ चन्दका नाममा युवा विकास योजना, भीमदत्त पन्तका नाममा किसान परियोजना ल्याउनु पर्ने उनको भनार्इ छ ।

प्रदेशसभा सदस्य कुन्ती जोशीले युवा बेरोजगारी अन्त्य नभए सम्म आर्थिक विकास नहुने उल्लेख गर्दै रोजगारी सिर्जना गर्ने कार्यक्रम तत्काल लागू गर्नु पर्ने बताइन् । अर्की सदस्य कुमारी नन्दा बमले महिला हिंसाका घटना न्यून गर्न कानुन कडाइका साथ लागू गर्नु पर्ने बताइन् । सांसद कुलवीर चौधरीले थारु समुदायमा देखिएको सिकलसेल एनिमिया उन्मूलन गर्ने विषय प्रदेश सरकारको नीति र कार्यक्रममा समेटिनु पर्ने बताए ।
नागरिकबाट

Logo