(“कति सिंहदरबार जानुभएको छ ? थाहा छैन । सिंहदरबारमा वहा पर घर छ, वर वर फलामका डण्डी गाड्या छ , त्यो तपाईहरुलाई फेरी रेट्रो फिटिङ यस्तो हुदोरहछ भन्ने पर्ला, त्यो कुनै रेट्रो फिटिङ सिटिङ होइन, त्यो अर्थोकै फिटिङका लागि हो । त्यस्ताले केही गर्देन, केह िगर्या छैन, न घर जोगाउँछ, न घर जोगाउने कुरा संग मतलब छ, केही पनि छैन, किन गाड्या हुन त्यो पनि थाहा छैन । १० फिट पर , १५ फिट पर , २० फिट पर खाबा गाडेर घर जोगा छ, केही लड्न लाग्यो भने कहिले काँही ए !! ए !!! ए !!! लड्न लाग्यो भन्छौ नि, त्यस्तै छ त्यो । त्यो फलामका डण्डी २० फिट पर २५ फिट पर देखाउदा अडिन्छ ? ”
केही दिन अघि राजधानीमा एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पले क्षतिग्रस्त भएको सिंहदरबार भित्र अवस्थित ग्यालरी बैठक भएको मुख्य भवनको अगाडि राखिएका फलामे डण्डीलाई लक्षित गर्दै यसो भन्नुभएको थियो ।)
मुलुकका कार्यकारी प्रमुखले समेत क्षतिग्रस्त सिंहदरबारको मुख्य भवनका अगाडि राखिएका फलामे डण्डीलाई बेकारको भन्दै व्यग्य गरेपछि आम नागरिकको मनमा पनि त्यस्तै बेकार लाग्नु स्वभाविक हो । वास्तवमा ती डण्डी बेकारै राखिएका हुन् त ? हामी, यो जिज्ञासा लिएर पुन निर्माण प्राधिकरणका जिम्मेवार व्यक्ति सम्म पुग्यौ । भुकम्प प्रतिरोधी इन्जिनियरिङमा विद्यावारिधी गरेका पुन निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य हरिराम पराजुलीले यी फलामे डण्डीको महत्व यसरी सुनाए हेर्नुहोस भिडियो
पुरातात्विक महत्वका कला कौशललाई नव निर्माणमा दुरुस्त राख्ने सवालमा यी डण्डीको महत्व निकै ठुलो छ । यसलाई स्काफोल्डिङ भनिन्छ । भुकम्पले क्षतिग्रस्त भएका कयौ पुरातात्विक महत्वका भवन अगाडि यसै गरी फलामे डण्डीको स्का फोल्डिङ राखिएको छ ।
त्यसको सहायताले त्यो भवनको नाप, डिजाईन, कला, बुट्टा आदी सबैको इन्च इन्चमा नाप निकालिन्छ । त्यसकै आधारमा नक्सा बनाई पुनः निर्माण गरिन्छ र जस्ताको तस्तै पुरानै शैलीमा भवनको नवनिर्माण गरिन्छ । रेट्रो फिटिङका लागि पनि यो आवश्यक छ ।
पुरानो जे जस्तो थियो दुरुस्त राख्नुपर्ने भएकाले त्यसको प्लेट फर्म बनाउनका लागि फलाम बाँधिएको हो । फलाम बाँधेर बनाईएको यो स्का फोल्डिङले नया बनाएपनि अथवा रेट्रो फिटिङ गरेपनि पुरानौ कौशल र आकारलाई यथावत राख्न सहयोग पुर्याउछ ।
पुन निर्माणमा यति ठुलो महत्व राख्ने फलामे डण्डी अर्थात् स्काफोल्डिङ प्रति मुलुकका कार्यकारी प्रमुखले गरेको हल्का टिप्पणीले पुन निर्माणमा सरकारको प्राथमिकतालाई कमजोर बनाएको छ । यसले कि त पुन निर्माण प्राधिकरणका कामकारवाही बारे सरकार जानकार छैन अथवा उसले पुन निर्माणमा चासो नै देखाउदैन भन्ने पनि देखाउँछ ।
लक्ष अनुसार पुन निर्माणको काममा सफलता प्राप्त गर्न नसक्नु र प्रधानमन्त्रीको पुन निर्माण प्रतिको बुझाई सकारात्मक नहुनुले अहिले भईरहेको पुन निर्माण प्रति सरकार सन्तुष्ठ छैन कि भन्ने संसय आम जनमानसमा पैदा गराएको छ ।
प्रतिक्रिया