फिल्म समीक्षा । ब्लाइन्ड रक्स

अदिती पौडेल । "/>

शोकलाई शक्तिमा बदल्न सिकाउने ‘ब्ल्याइन्ड रक्स’

शोकलाई शक्तिमा बदल्न सिकाउने ‘ब्ल्याइन्ड रक्स’


फिल्म समीक्षा । ब्लाइन्ड रक्स

अदिती पौडेल । काठमाडौं

अपाङ्गतालाई हिनताबोध ठान्ने हो वा सफलताको कडी बनाउने ? कमैले मात्र सक्छन् शोकलाई शक्तिमा बदल्न । प्रसंग हो, दृष्टिबिहीन सृष्टि केसी र उनको जीवनमा आधारित चलचित्र ‘ब्लाइन्ड रक्स’को । १८ फागुनवाट प्रदर्शनमा आएको चलचित्र ‘ब्लाइन्ड रक्स’ चलचित्र मात्र नभएर सृष्टि केसीले सञ्चालन गरेको संस्थाको नाम पनि हो ।

सृष्टि केसीको १४ वर्षको उमेरदेखि २४ वर्षसम्मको जीवन संघर्ष उतारिएको छ, ‘ब्लाइन्ड रक्स’मा । चलचित्रले श्रृष्टिको जीवनको मुख्य भोगाईलाई फिल्मी सुत्रमा फिजाउने कोशिस गरेको छ । जस्तो, उनी दृष्टि बिहीन हुँदाको क्षण । उनको नृत्यकला । आमा र दाजुको साथै उनको प्रेम जीवनमा चलचित्र केन्द्रीत छ । जतिपनि बाधा अडचन आए पनि हाँसिखुसी जीवन जिउने कला सृष्टि केसीको जीवनबाट सिक्न सकिन्छ । यस फिल्मले दिने मुल संदेश यही नै हो ।

पात्रको कुरा गर्ने हो भने अभिनेत्री बेनिशा हमालले ‘रिल लाइफ’ श्रृष्टि केसी बन्नको लागि गरेको मेहनत मज्जाले देखिन्छ । चलचित्र हेरेर निस्केका दर्शक र समीक्षक दुवैले बेनिशाको अहिलेसम्मकै उत्कृष्ट अभिनय भनेर मन खोलेर प्रसंसा गरिदिए । अभिनयको प्रमुख माध्यम आँखा हो । तर कालो चस्मा लगाएर पनि अभिनेत्री हमालले तारिफ योग्य काम गरकी छन् ।

चलचित्रमा आमाको भूमिकामा गौैरी मल्ल छिन् भने प्रेमीको भूमिकामा अर्पण थापा छन् । अभिनयको हिसावमा सवैले आ–आफ्नो भूमिका माथि न्याय गरेकै छन् । ‘ब्लाइन्ड रक्स’ बायोपिक चलचित्र हो । यसलाई कर्मशियल चलचित्रको चस्माले हेरियो भने अन्याय हुन्छ । चलचित्रको पहिलो भागले निकै भाबुक बनाउँछ । र, दोस्रो भागले जीवनबाट निराश भएकालाई हौसला प्रदान गर्छ । दर्शकलाई रुवाउने सवालमा बेनिशा हमाल र निर्देशक मिलन चाम्स सफल छन् ।

चलचित्रमा केही कमजोरी पनि छन् । जस्तो, ‘कन्टिन्यूटी जर्क’ यस चलचित्रको ठूलो समस्या हो । अन्य केही मसिना प्राविधिक कमजोरीहरु पनि छन् जसलाई आम दर्शकले ठम्याउन सक्दैनन् । समग्रमा चलचित्रले दर्शक र समीक्षक दुबैको मन जितेको छ ।

फिल्मका निर्माता निकेश लिम्बु हुन् । नेपाल वाहिर बस्ने लिम्बू समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । ‘ब्लाइन्ड रक्स’ पनि एक किसिमको समाजसेवा नै हो । जसले रोएर बस्नेलाई जीवन जिउने उत्कृष्ठ कला सिकाउँछ ।

 

Logo