काठमाडौं
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति माथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । "/>

केसीद्धारा आफ्नो जन्ममितिमा गल्ती भएको स्वीकार

केसीद्धारा आफ्नो जन्ममितिमा गल्ती भएको स्वीकार


काठमाडौं
प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मिति माथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् । उनले आफ्नो जन्ममिति फरक भएको स्विकार गरेका छन् । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक फरक जन्म मिति भेटिएको हो । नागरिकतामा डा केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ ।

यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ । आफ्नो जन्ममितिलाई लिएर विवाद भएपछि डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका हुन् । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा फरक जन्ममिति हुन पुगेको उनले बताए । उनले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिमा मानवीय त्रुटी भएको बताएका छन् ।
आर्थिक दैनिकबाट

Logo