पाँचौ अमेजिङ मोटर र्‍याली २०१८ काठमाडौँदेखि पोखरासम्म हुने

पाँचौ अमेजिङ मोटर र्‍याली २०१८ काठमाडौँदेखि पोखरासम्म हुने


काठमाडौँ, १० माघ ।

केजिएच फाउण्डेसन र नेपाल अबुर्द रोग निवारण संस्थाको सहकार्यमा द अमेजिङ मोटर र्‍याली २०१८ हुने भएको छ ।

र्‍यालीमा काठमाडौँदेखि पोखरासम्मको दुई सय किलोमिटरको यात्रा रहेको हुने आयोजकले जनाएको छ । र्‍याली माघ १२ गते काठमाडौँको भृकुटीमण्डपबाट सुरु भई पोखराको विन्दवासनी मन्दिर चोक पुगेर सम्पन्न हुने प्रेस विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

आन्तरिक पर्यटनको प्रर्बधन गर्ने उद्देश्यले हुने र्‍यालीको मूल नारा एक्सपेरिमेन्स नेपाल रहेको छ ।

तोकिएको ठाउँमा पुग्ने गाडीलाई प्रत्येक मिनेटको २० अङ्क दिइने छ भने सबैभन्दा ढिलो पुगेमा १० अङ्क दिइने छ । अरु कार्यक्रमको भन्दा ठिक उल्टो र्‍यालीमा सबैभन्दा ढिलो पुग्ने गाडीलाई विजयी घोषण गरी सम्मान गरिने छ ।

 र्‍यालीमा सबैभन्दा ढिलो पुग्नेलाई सिल्ड र टर्किस एयरलाइन्सबाट काठमाडौँदेखि इस्तानाबुलसम्मको टिकट व्यवस्था गरिएको छ । दोस्रो हुनेलाई सिल्ड र नेपाल एयरलाइन्सबाट काठमाडौँदेखि बैकंक र तेस्रो हुनेलाई सिल्ड र बुद्ध एयरलाइन्सबाट काठमाडौँदेखि पोखरासम्मको टिकट व्यवस्था गरिएको छ ।

Logo