‘निकनेममा’ बाँचेका १२ कलाकारहरु (भिडियो सहित)

‘निकनेममा’ बाँचेका १२ कलाकारहरु (भिडियो सहित)


विश्वप्रसिद्ध महान नाटककार सेक्सपियरले भनेका थिए, ह्वाट इज इन अ नेम ? सेक्सपियरको यस भनाईमा कति सत्यता लुकेको छ कुन्नी, तर उनको यो भनाइ आजका मितिसम्म भनाइमा नै सीमित छ । त्यसोत महान दार्शनिक कार्ल माक्र्सले समेत नामको अर्थ हुन्न भनेर प्रमाणित गर्ने कोशिस गरेका छन् ।

नाममा के छ ? नाममा के छैन ? यो मन्थनको विषय हुन सक्छ । तर, केही न केही त पक्कै छ, नाममा । त्यसैले त साहित्यकार देखि कलाकारसम्म आफ्नो वास्तविक नाम लुकाएर छदम नाममा स्थापित भएकाछन् । अर्थात वास्तविक एउटा, चर्चामा अर्को नाम भएका कलाकारहरु हामीकहाँ प्रसस्तै छन् । हाम्रो रिपोर्ट तिनै कलाकारहरुको हो, जसले आफ्नो वास्तविक नाम छोपेर निकनेममा परिचय स्थापित गरेका छन् ।

भिडियो हेर्नुहोला

आर्यन सिग्देल – हरिश सिग्देल
आर्यन सिग्देल परिचित अभिनेता हुन् नेपाली सिने जगतको । उनको चक्लेटी लुक र अभिनयको तारिफ गर्नेहरु प्रसस्त छन् यस क्षेत्रमा । आर्यन सिग्देलको नाममा चर्चित यी ३६ बर्षे हिरोको वास्तविक नाम भने हरिश सिग्देल हो । सुर्खेतबाट थानकोट बसाईँ सरेका हरिशले रत्न राज्यमा पढ्दा पढदै अभिनय सुरु गरेका हुन् । यिनले दर्जनौं फिल्म र टेलिफिल्ममा अभिनय गरेका छन् ।

पल शाह – पूर्णबहादुर शाह
धेरैलाई थहा भैसकेको कुरा होला पल शाहको रियल नाम के हो भनेर । तपाईंले गेस गरेको कत्तीको मिल्यो हेरौ है त । पलको रियल नाम पूर्ण बहादुर शाह हो । म्युजिक भिडियामा कुनै समय एक छत्र राज गरेका २८ बर्षिय पलको पछिल्लो चलचित्र ‘म यस्तो गीत गाउँछु’ले धेरै नै प्रसंशा पाएको थियो ।

आना शर्मा– अन्नपूर्ण
धेरै ठिठाहरुकोे मन मस्तिष्कमा बस्न सफल छिन् नायिका आना शर्मा । ‘जेरी’ चलचित्र बाट नेपाली सिनेमा छेत्रमा देखिएकी आनालाई उन्को पछील्लो चलचित्र ‘ग्याङ्गस्टर ब्लुज’ले राम्रो साथ दिएन । उनै २२ बर्षिय आना शर्मा को रीयल नाम हो अन्नपूर्ण शर्मा । चलचित्र छेत्रमा आए पछी उन्ले अन्नपूर्ण बाट नाम परिवर्तन गरेर आना राखेकी हुन । उनी अहिले ‘द म्यान फ्रम काठमाडौं’ भन्ने चलचित्रको छाँयाकनमा ब्यस्त छिन् ।

विराज भट्ट – भोजराज भट्ट
विराजको रियल नाम भोजराज हो । विराज ‘दामिनी’ चलचित्र बाट नेपाली फिल्ममा आएपनि उनी त्यस अघि थारु र भोजपुरी चलचित्रमा अभिनय गर्थे । उनलाई एक्सन हिरो मानिन्छ ।

साम्राज्ञी राज्य लक्ष्मी शाह – प्रियंका
उनको त नाम नै कफी छ, परिचयकोलागी । ‘ए मेरो हजुर’ दुईको ब्यापक सफलता पछी साम्राज्ञी निकै ब्यस्त छिन । ‘ड्रिम्स’ बाट रजातपटमा पाइला टेकेकी साम्राज्ञी को रियल नाम प्रियंका शाह हो । २२ बर्षिय साम्राज्ञीको तिमी सँग नाम गरेको चलचित्र प्रदर्शनको क्रममा छ ।

निखिल उप्रेती–दिनेश उप्रेती
एक्सन हिरोको परिचय वनाएका नायक हुन् निखिल उप्रेती । निखिलको नामवाट स्थापित भएपनि उनको वास्तविक नाम चाहिं अर्कै छ । निखिलको वास्तविक नाम हो, दिनेश उप्रेती । ‘पिजंडा’ चलचित्र बाट रजतपटमा आएका निखिलले उक्त चलचित्रमा ७ तला बाट हामफालेर चर्चा कमाएका थिए । उनको ‘पिजंडा ब्याक अगेन’ नामक चलचित्र छिटै पर्दशनमा आउँदैछ ।

झरना थापा – कमला थापा
नव निर्देशिका तथा नायिका झरना थापाको वास्तविक नाम हो कमला थापा । दाइजो चलचित्र बाट राजतपटमा आएकी झरनाको ‘झिल्के’ भन्ने चलचित्र प्रदर्शनमा आउँदैछ । झिल्केमा उनलाई नव नायक पुकार गौतमले साथ दिएका छन् ।

करिष्मा मानन्धर – बुनु केसी
सदावहार अभिनेत्री मानिने करिष्मा मानन्धरको खास थर के हो ? विनोद मानन्धरसँग विवाह बन्धनमा बाँधिनुअघिसम्म उनको नाम करिष्मा केसी थियो । तर करिष्मा केसी पनि उनको खास नाम होइन । फिल्ममा आउनुअघि उनको नाम बुनु केसी थियो ।

उषा पौडेल – रुक्मिणी पौडेल
‘मुना मदन’ चलचित्रबाट चर्चामा आएकी नायिका हुन उषा पौडेल । अहिले अमेरिका भासिएकी उषाको वास्तविक नाम रुक्मिणी पौडेल हो ।

मौसमी मल्ल –विष्णुमाया ठकुरी
कुनैवेलाकी चर्चित अभिनेत्री मौसमी मल्लले नृत्यांगना नायिकाको पनि परिचय वनाएकि थिइन् । अभिनयका साथै फिल्म निर्माणमा समेत हात हालेकी यी ‘झुमा’को वास्तविक नाम बिष्णुमाया ठकुरी हो ।

कृष्टि मैनाली – मीना खत्री
‘के घर के डेरा’ चलचित्र बाट राजतपटमा पाइला टेकेकी नायिका कृस्टी मैनाली एक ताका निकै नै ब्यस्त नायिकामा दरिन्थिन् । उनको वास्तविक नाम कृष्टि मैनाली नभएर मीना खत्री हो । उनले सिने क्षेत्रमा प्रवेश गरेपछि आफ्नो नाम कृष्टि केसी राखेकी थिइन भने विवाहपछी थर परिवर्तन गरेर मैनाली राखेकी हुन ।

सिपी लोहनी – चिदम्बर प्रसाद लोहोनी
पहिलो ब्यवसायिक चलचित्र माइतीघरबाट अभिनयमा हामफालेका अभिनेता हुन् सिपी लोहनी । उनको वास्तविक नाम चिदम्बर प्रसाद लोहनी भएपनि सीपीको नाममा लोकप्रिय छन् । बलिउडकी प्रख्यात अभिनेत्री माला सिन्हा उनकी धर्मपत्नी हुन् ।

 

 

Logo