धनगढी ,२, मंशिर
प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। "/>

चुनावले व्यस्त देउवा मतदाता समक्ष मत माग्दै

चुनावले व्यस्त देउवा मतदाता समक्ष मत माग्दै


धनगढी ,२, मंशिर
प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगम देखि बिकट ठाउँ सम्म पुगेर मतदातासँग मत माग्न भ्याएका छन् । उनले शुक्रवार बैतडीका २ र दार्चुलाका २ गरेर ४ चुनावी सभामा पुगेर मतदाताको मन जित्ने कोशिस गरे।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा र यस क्षेत्रका विकासलाई मुख्य ऐजेण्डा बनाएर मतदातासँग मत मागेका छन । यसका साथै भावनात्मक अभिव्यक्ती दिन छुटाएका छैनन्। शुक्रवार बिहान प्रधानमन्त्री देउवाले दार्चुलाको सदरमुकाम खलंगा पुगेर आयोजित चुनावी सभालाई सम्वोधन गरे । उनी हेलिकोप्टरबाट त्यहाँ पुगेका थिए । खलंगाको कार्यक्रम सकेपछि हेलिकोप्टरवाटै सदरमुकामवाट ८ घण्टाको सडक दुरीमा रहेको मार्मा क्षेत्रमा पुगेर चुनावी सभालाई सम्वोधन गरे । दार्चुलाको चुनावी सभा सकेपछि बैतडीको दुर्गम क्षेत्र पुच्र्यौडी पुगेर मतदाता समक्ष आफ्ना एजेण्डा राखे । शुक्रवार नै मेलौरी पुगेर चुनावी सभालाई उनले सम्वोधन गरे।
नागरिकबाट

Logo