जग्गा अंशसम्बन्धी विषयमा छोराहरूद्वारा बाबुको हत्या

जग्गा अंशसम्बन्धी विषयमा छोराहरूद्वारा बाबुको हत्या

केन्द्रबिन्दु
0
Shares

कलैया, १४ कात्तिक ।

बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले आज बाबुको हत्या गरेको अभियोग लगाइएको छ ।

बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिरा निवासी ५५ वर्षीय हीरालाल महतोलाई निजका छोराहरु सुशील र सुनिल मिली बाँसको भाटाले टाउकालगायत शरीरका अन्य भागमा हानेका थिए ।

छोराहरूको प्रहारबाट गम्भीर घाइते भएका महतोलाई जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगञ्जस्थित हेल्थकेयरमा पुर्याइएको थियो । त्यहीँ उपचारका क्रममा बिहान ९ः४५ मा महतोको मृत्यु भएको प्रहरी प्रवक्ता भुनेश्वर साहले जानकारी दिए ।

महतोको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । अभियुक्त सुशील र सुनिललाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । रासस

Logo