सिद्धबाबामा पहिरो जाँदा ट्रक र कार पुरियो, २ को मृत्यु

सिद्धबाबामा पहिरो जाँदा ट्रक र कार पुरियो, २ को मृत्यु


बुटबल, ७ असोज । रुपन्देहीको सिद्धबाबामा पहिरो जाँदा एउटा कार र एउटा ट्रक पुरिएको छ । लु १ च ७९९४ नम्बरको कार र ना ३ ख ६१९१ नम्बरको ट्रक पहिरोले पुरिएको हो  । 

पहिरोले सवारीसाधन पुरिंदा घटनास्थलमै २ जनाको ज्यान गएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । यस अघि सडकमा खसेको पहिरो हटाएर सडक सुचारु गरेको केहि समयमै पहिरो खसेर उक्त सवारी पुरिएको प्रहरीले जनाएको छ । 

अहिले सडक अबरुद्ध भएपछि सवारीसाधनको लामो लाइन लागेको छ ।

Logo