रौतहट : कांग्रेस र माओवादीले जिते एक–एक वडा

रौतहट : कांग्रेस र माओवादीले जिते एक–एक वडा


केन्द्रबिन्दु संवाददाता । रौतहट, ३ असोज ।

सोमबार भएको स्थानीय तह तेस्रो चरण निर्वाचन अन्तर्गत रौतहटमा कांग्रेस र नेकपा माओवादी केन्द्रले एक–एक वटा वडा जितेका छन् ।

इसनाथ नगरपालिका वडा नं १ मा नेपाली कांग्रेसले वडा अध्यक्षसहित प्यानल नै जितेको छ भने फतुहा विजयपुर नगरपालिका वडा नं १ मा भने नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ ।

इसनाथ नगरपालिका वडा नं। १ का नेपाली कांग्रेसका उम्मेदवार बिगु साहले ५ सय ४५ मत ल्याउँदै आफ्ना प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका शिवजी यादवलाई पराजित गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्दी यादवले ३ सय ५५ मत ल्याए ।

त्यसैगरी, फतुहा विजयपुर नगरपालिका वडा नं। १ का माओवादी केन्द्र उम्मेदवार संजय साह विजयी भएका छन् ।

Logo