मुम्बइसँग पराजित भएसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन

मुम्बइसँग पराजित भएसँगै दिल्लीको प्लेअफ सम्भावना कठिन


इन्डियन प्रिमियर लिग (आइपिएल) मा २०२० मा साविक विजेता मुम्बई इन्डियन्स क्वालिफायरमा पुगेको छ । शनिबार साँझ दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराउँदै मुम्बईले क्वालिफायरमा आफ्नो स्थान पक्का गराएको हो ।

जितका लागि १११ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । मुम्बईको सानदार जितमा ओपनर ईशान किशन ४७ बलमा ७२ रनमा अविजित रहे । मुम्बईका ओपनर किशन र क्विन्टन डी ककले १०.२ ओभरमा ६८ रनको साझेदारी गर्दै सहज जित नजिक पुर्याएका थिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो । दिल्लीका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । व्याट्सम्यान चल्न नसक्दा सस्तैमा समेटिएकाे हाे ।
दिल्लीले अव लिग चरणको अन्तिम खेल आगमी शनिवार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । दिल्लीलाई प्ले अफमा पुग्न बेंगलोरविरुद्ध जित्नै पर्ने हुन्छ । दिल्लीको यो लगातार चौथो हार हो । अन्तिम खेलमा पराजित भएमा नेट रनरेटमा निर्भर रहनुपर्ने हुन्छ ।

Logo