आचार्य नेतृत्वको प्यानल नै विजयी

आचार्य नेतृत्वको प्यानल नै विजयी


भदौ ६, काठमाडौं

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनबाट अध्यक्षमा प्रेस युनियन र प्रेस सेन्टर सहितको गठबन्धनका उम्मेदवार गोविन्द आचार्य विजयी भएका छन् । आचार्य प्रेस चौतारी गठबन्धनका उम्मेदवार तीर्थ कोइरालालाई १०५ मतले पराजित गरी अध्यक्षमा विजयी भएका हुन् ।  आचार्यले ७३२ मत प्राप्त गरे भने काइरालाले ६२७ मत प्राप्त गरे

खुल्ला उपाध्यक्षमा विपुल पोखरेल, समावेसी उपाध्यक्षमा दिलिप थापामगर र महासचिवमा रमेश विष्ट विजयी भएका छन्  । खुल्ला सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जिएम, मधेसी सचिवमा शितलपैसाद महतो र कोषाध्यक्षमा राजेश विष्ट विजयी भएका छन्  । केही बाहेक सबै पदमा आचार्य प्यानलका उम्मेदवार विजयी भएका छन् ।

प्रदेशमा विजयी उम्म्देवार

प्रदेश १: चौतारीका सटेन्द्र जबेगू र युनियनका उद्धव तिमिल्सना विजयी ।

प्रदेश २ : सेन्टरका देवकुमार यादव र युनियनका शैलेन्द्र झा विजयी ।

प्रदेश ३ चौतारीका द्वारिका काफ्ले र कृष्ण गिरी विजयी ।

प्रदेश ४ चौतारीका रामकृष्ण ज्ञवाली र सेन्टरका नवीन कुइकेल बिजयी

प्रदेश न ५ सेन्टरका वसन्त गिरी र युनियनका पुरुषोत्तम सुवेदी विजयी

प्रदेश न ६ युनियनका कलेन्द्र सेजवाल र सेन्टरका पुर्ण प्रसाद चौलागाईं विजयी

प्रदेश ७: युनियनका मीन बम विजयी । चौतारीका उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५/४५ बराबर मत ।

उपत्यका : प्रेस सेन्टरका लेखनाथ न्यौपाने र प्रेस चौतारीका गोबिन्द चौलागाईं बिजयी ।

प्रतिष्ठान : सेन्टरका टीकाराम प्रधान र युनियनका यम बिरही बिजयी ।

एशोसिएटम : युनियनका राधेश्याम दाहाल, पवन अचार्य

Logo