काठमाडौँ, ३१ साउन ।

धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ ।  

बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । "/>

बाढी पहिरोका कारण सेयर बजार प्रभावित

बाढी पहिरोका कारण सेयर बजार प्रभावित


काठमाडौँ, ३१ साउन ।

धितोपत्र बजार आज दोहोरो अंकले ओरालो लागेको छ । 

बाढी पहिरोका कारण मुलुक प्रभावित भएपछि बजार पनि प्रभावित भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार १६० कम्पनीको १६ लाख १५ हजार ७३८ कित्ता शेयर रु ७८ करोड ३६ लाख सात हजार ४०८ मा किनबेच भएको छ । 

बजार १२.९७ अंकले ओरालो लागेर एक हजार ६२९.१६ अंकमा आइपुगेको छ । आज होटल समूहबाहेक अरु सबै समूहको सूचक रातो भएका छन् । 

बैंकिङ समूहको सूचक १०.८६ अंकले ओर्लिएको छ भने विकास बैंक १३.७४, जलविद्युत् २४.४९, फाइनान्स ३.९६, बीमा समूहको सूचक ८८.७६, उत्पादनमूलक समूह २८.३४ र अन्य समूहको सूचक ५.७९ अंकले ओरालो लागेको नेपाल स्टकले जनाएको छ । होटल समूहको सूचक भने ३.२ अंकले बढेको छ । रासस 

Logo