वासिङ सेन्टरको फित्तामा परेर एक महिला कामदारको मृत्यु

वासिङ सेन्टरको फित्तामा परेर एक महिला कामदारको मृत्यु


भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरको फित्तामा परेर आज एक महिला कामदारको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा दोलखा भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडा घर भई हाल सोही वासिङ सेन्टरमा काम गर्ने ३८ वर्षीय कमला केसी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।  

वासिङ मेसिनमा राख्ने केमिकल बनाउने क्रममा वासिङ मेसिनभित्र घुम्ने फलामको रडमा परेर महिलाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनको भनाइ छ । कम्पनीका सञ्चालक साजन पराजुलीले कामदार महिला अचेत भई लडिरहेको देखेर उपचारका लागि मध्यपुर अस्पताल लगे पनि अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भएको चिकित्सकले बताएको उनको भनाइ छ ।

Logo