नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा


साताको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेप्सेले २६०० अंकको बिन्दु पार गरेको छ । यो नेपाली सेयर बजारको इतिहासमा पहिलो पटक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

सोमबार कोरोबार भएका सबै सूचक हरियाली भएर ९२.४२ अंकले बढेको थियो । आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि दैनिक सेयर बजारमा उछाल आउन थालेको छ ।

मंगलबार  सेयर कारोबार सुरु भए लगतै उकालो लाग्न थालेको सेयर केही समय ओरालो लागेको बजार समाचार तयार बनाउदाँसम्म २६०८.६९ अंक पुगेको छ ।

चन्द्रागीरि हिल्सको १० प्रतिशतले बढेर कारोबार भइरहेको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मिर्मिरे माइक्रो फाइनान्स ९.९८ प्रतिशतले बढेर कारोबार भइरहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र हिमालय ऊर्जा विकास कम्पनीको सेयर मूल्य ९.८७ प्रतिशतले बढेर कारोबार भइरहेको छ ।

Logo