सहमतिमा चुनावी सरकार बनाऔं : पूर्वप्रधानमन्त्री भट्टराई

सहमतिमा चुनावी सरकार बनाऔं : पूर्वप्रधानमन्त्री भट्टराई


जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई आज उपचारपछि स्वदेश फर्किएका छन्  । 

मंगलबार स्वदेश फर्किएका भट्टराईले ट्वीटरमार्फत राजनीतिक सहमति गरेर चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।

उनले अहिलेको समस्याको जरो २०६५/०६६ पछि भत्किएको राजनीतिक सहमति हाे ! पुरानै ठाउँमा फर्किएर ‘फर्गिभ एण्ड फर्गेट’ (माफ गर र बिर्सिदेऊ) को स्पिरिटमा राजनीतिक सहमति गर्नुपर्ने बताएका हुन् ।

सहमतिकाे सरका बनाउन सकेमा शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिमा संविधान संशोधन गर्ने, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेशी समृद्धिको वृहत गुरुयोजना बनाएर कार्यान्वयन गर्ने तथा भारत, चीन र अमेरिकासँग सम्बन्ध राम्रो बनाउनु पर्ने उनको भनाइ छ । 

Logo