माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक


नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ९ बजेका लागि स्थायी कमिटी बैठक बोलाएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल गर्न स्थायी कमिटी बोलाइएको हो ।

माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारको माओवादीले विरोध गर्दै आए पनि समर्थन भने फिर्ता लिएको छैन् । आजको उक्त बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने तथा अविश्वासको प्रस्ताव दर्ता गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

Logo