बढ्यो सुनको मूल्य, कति छ आज?

बढ्यो सुनको मूल्य, कति छ आज?


साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २ सयले घटेको थियो। त्यस्तै मंगलबार ३ सयले बढेको थियो । आज ५ सयले बढेको हो । 

गत हप्ता आइतबार सुनको मूल्य स्थिर रहेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ५ सयले घटेको थियो। बुधबार ४ सयले घटेको सुन विहीबार ९ सयले बढेको हो। शुक्रबार सुन ९ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ८८ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८७ हजार ५ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य १० रुपैंयाँले बढेको छ। चाँदी तोलामा एक हजार २४५ मा कारोबार भइरहेको छ।

Logo