ललितपुर र बर्दियामा चार जना कोरोना संक्रमितको मृत्यु

ललितपुर र बर्दियामा चार जना कोरोना संक्रमितको मृत्यु


ललितपुर ।

ललितपुरमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै दिएको जानकारी अनुसार अल्का अस्पतालमा उपचार गराइरहेका ७४ वर्षीय पुरुषको बिहान मृत्यु भएको जनाएको छ। उनी भदौ १७ गते कलेजोको समस्या देखिए पछि अस्पतालमा भर्ना भएका थिए ।

यस्तै ललितपुरको मेघा अस्पतालमा पनि ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ ।

उता कोरोना संक्रमणका कारण विगत २४ घण्टामा बर्दियाका दुई जनाको मृत्यु भएको छ । बाँकेस्थित कोहलपुर मेडिकल कलेज तथा भेरी अस्पताल नेपालगञ्जमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ७ का ६४ वर्षीय पुरुष मृत्यु भएको हो । यस्तै बारबर्दिया नगरपालिका ३ का ३९ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ ।

Logo