पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु

पोखरीमा डुबेर एकै परिवारका ३ जनाको मृत्यु


मोरङ । ग्रामथान ४ मोतिपुरमा पोखरीमा डुबेर एकैपरिवारका ३ सदस्यको मृत्यु भएको छ। ग्रामथान गाँउपालिका र कटहरी गाँउपालिकाको सीमामा पर्ने बाबा वनस्खण्डी मन्दिर परिसरमा रहेको पोखरीको माछा रुग्न बसेका २ छोरी र आमाको पानीमा डुबेर मृत्यु भएको हो।

ग्रामथान गाँउपालिकाका अध्यक्ष शिव नारायण माझीका अनुसार आइतबार करिब ३५ वर्षीया सीता अधिकारी, छोरीहरु १३ वर्षीया पवित्रा अधिकारी र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको हो।

बेलुका माछालाई चारो दिएर छोरीहरू नुहाउने क्रममा घटना भएको गाँउपालिका अध्यक्ष माझीले जानकारी दिए। दुवै छोरी नुहाउने क्रममा डुबेपछि अत्तालिएर आमा समेत छोरी बचाउने क्रममा पोखरीमा डुबेको उनले बताए ।

प्रहरीका अनुसार शव पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको छ।

Logo