एकाडेमिया कन्सल्टिङद्वारा शेयर तालिम

एकाडेमिया कन्सल्टिङ सर्भिस प्रालिले एक दिने शेयर तालिम सम्पन्न गरेको छ । तालिममा शेयर बजारको परिचय, प्रकार, शेयर खरिद तथा बिक्री गर्ने प्रक्रिया, अनलाइन ट्रेडिङ, शेयर बजारका फाइदा तथा जोखिम लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रम तिन सेसनमा बिभाजन गरिएको थियो । पहिलो सेसनमा शेयर बजारको परिचय, प्राथमिक र दोस्रो बजारका फाइदा तथा जोखिमको विषयमा एकाडेमियाका प्रशिक्षक सुदिप घिमिरेले प्रस्तुति दिएका थिए । दोस्रो सेसनमा कम्पनीको आधारभूत विश्लेषण, बजारमा अपनाउनुपर्ने रणनिति, वित्तिय प्रतिवेदन सुचक लगायतको विषयमा जानकारी गरिएको थियो । साथै तेस्रो सेसनमा भने शेयरको बिगत, वर्तमानका बारेमा कम्पनीका प्रशिक्षक मनोज पौडेलले प्रस्तुती दिएका थिए ।

कम्पनीका प्रमुख कृष्णप्रसाद भट्टराई आगामी दिनमा पनि यस्ता शेयर सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने बताए । तालिममा करिब ७५ जनाको सहभागिता रहेको थियो ।