शताब्दी पुरुष जोशीलाई सम्मान गर्न जब मेयर बग्गी लिएर घरमै पुगे (भिडियोमा)

शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित सम्मान गरिएको छ । सोमबार सय वर्षमा प्रवेश गरेका शताब्दी पुरुष जोशीलाई ललितपुर महानगरपालिकाको आह्वानमा बग्गीमा राखेर नगरपरिक्रमासहित सम्मान गरिएको हो । नगरपरिक्रमापछि आयोजित समारोहमा सरकारको तर्फबाट कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उहाँलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो ।

नेपालको कला, भाषा, इतिहास, संस्कृति र साहित्यको क्षेत्रमा पु¥याउनु भएको योगदानको स्मरण गर्दै सरकारले उहाँलाई सम्मान पत्र हस्तारण गरेको हो । कार्यक्रममा कार्यबहाक प्रधानमन्त्री पोखरेलले शताब्दी पुरुष जोशीलाई दोसल्ला समेत ओडाउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबहाक प्रधानमन्त्री पोखरेलले उहाँलाई नेपालको जीवन्त सम्पदाको संज्ञा दिनु भयो । उहाँले त्यस अवसरमा जोशीको दीर्घायू र चिरायूको कामना पनि गर्नु भयो ।

त्यस अवसरमा जोशीद्धारा लिखित ६ वटा पुस्तकको पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गर्नु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान गर्नु भयो ।