तरलताको चाप कायमै रहेकाले केही समय धैर्य गर्न का.मु गभर्नर ढुङ्गानाको आग्रह

तरलताको चाप कायमै रहेकाले केही समय धैर्य गर्न का.मु गभर्नर ढुङ्गानाको आग्रह


नेपाल राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनाले बैंकिङ प्रणालीमा तरलताको चाप कायम रहेकाले केही समय धैर्य गर्नु पर्ने बताएकी छिन् ।

सोमबार काठमाडौंमा भएको तेस्रो राष्ट्रिय लघुवित सदस्य सम्मेलनमा बोल्दै कायम मुकायम गभर्नर ढुङ्गानाले लघुवित तथा समग्र बैंकिङ क्षेत्र नै तरलताको चापबाट गुज्रिरहेकाले सबैले केही समय धैर्य गर्नु पर्ने बताएकी हुन्। उनले बैंकिङ क्षेत्र मात्रै नभएर लघुवित्तमा समेत तरलता र ब्याजदरको समस्या रहेका बताइन् । 

तरलता तथा ब्याजदरमा आएको उतारचढाबका कारण समग्र अर्थतन्त्र र जनताले पीडा भोग्नु परेको कायम मुकायम गभर्नर ढुङ्गानाले दाबी गरिन् । उनले व्यापार चक्रको पनि साइकल हुने भएकाले विस्तारै सबै कुरामा सुधार आउँदै जाने बताइन् । नेपालको गरिवीनिवारण तथा वित्तीय पहुँचभन्दा बाहिर रहेका जनसख्याको २० प्रतिशत समुदायलाई लघुवित संस्थाहरु प्रभावकारी साधन भएको उल्लेख गरिन् ।

का.मु गभर्नर ढुङ्गानाले समावेशी आर्थिक विकासका लागि नेपालमा भएका विभिन्न प्रयासका बाबजुत पनि अझै कुल जनसंख्याको १८ प्रतिशत हिस्सा गरिवीको रेखा मुनी रहेको बताइन्। उनले लघुवित्तले गरिवी र लक्षित समुदायको आर्थिक पुनउत्थान गर्न लैंगिक हिंसा र महिला सशक्तिकरणलाई टेवा तथा आर्थिक असमानतालाई कम गर्ने काममा महत्वपूर्ण भुमिका खेलेको बताइन्।

Logo